रामबाबु गुरुङको ‘फूलबारी’ मा विपिन र दया
प्रायः कमेडी जनराका फिल्महरू निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फूलबारी’ निर्देशन गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।
यशोदा फिल्म्स्ले निर्माण गर्ने फिल्ममा विपिन कार्की, दयाहाङ राई, मिरुना मगर, अरुणा कार्की, सिर्जना सुब्बा, सोमनाथ खनाल, प्रियंका कार्कीलगायतको अभिनय रहने छ । बाबु र छोराबीचको सम्बन्धको कथा भन्ने सामाजिक कथावस्तुमा तयार हुने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ ।
कमलकिशोर मालपानीको कथालाई उपेन्द्र सुब्बाले लेखेका हुन् । फिल्मका निर्माता मनिष ढकाल हुन् । कमलले आफूहरु राम्रो र स्तरीय फिल्म निर्माण गर्न यस क्षेत्रमा भित्रिएको बताए । ‘नेपाली फिल्मको राम्रो बजार छ । हामी स्तरीय फिल्म दर्शकसम्म पुर्याउन चाहन्छौँ । हामी कति लाग्छ तर्फ ध्यान नदिएर दर्शकलाई एउटा स्तरीय फ्याम्ली ड्रामा दिन चाहन्छौँ,’ उनले भने ।
निर्देशक गुरुङले पनि आफू कथावस्तु प्रति विश्वस्त भएकै कारण फिल्म निर्देशन गर्न लागेको बताए । यसपटक अघिल्लो फिल्महरूको अनुभवले प्रोजेक्टलाई राम्रो बनाउन मद्दत गर्ने निर्देशक गुरुङ बताउछन् । फिल्मलाई अमेरिकी प्राविधिक जोस हेरमले छायांकन गर्नेछन् । चलचित्रमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ
-
अल्पसङ्ख्यकहरूको अधिकारमा नेपाल विश्वकै उदाहरणीय : परराष्ट्रमन्त्री