शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

तनहुँमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

बिहीबार, २६ साउन २०७९, १२ : १३
बिहीबार, २६ साउन २०७९

पृथ्वी राजमार्गको तनहुँ सडक खण्डस्थित म्यादे गाउँपालिकाको धयरेमा माइक्रोबस दुर्घटना भएको छ  । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा.४ ख. ९९९९ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले रातोपाटीलाई बताए ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतलामा उपचार भइरहेको छ । ५ जनालाई पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ । मणिपालमा रिफर गरिएकाहरुमा बिमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र चालक जीवन आले छन् ।

माइक्रोबस अनियन्त्रित भएर सम्धीखोला पुलको रेलिङमा ठोक्किएर १५ फिट तल खसेको डीएसपी खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप