शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मिचाहा प्रजातिका मान्छेहरु

बिहीबार, २६ साउन २०७९, ११ : ५६
बिहीबार, २६ साउन २०७९

मान्छेभित्र पनि केही मान्छेहरु
जो मिचाहा प्रवृत्तिका छन्
तिनले खोलानाला, पहाड, जंगल
सबै मिच्छन्
मिच्छन् देश
र, मिच्छन् आकाशैतक पनि !

मिचाहाहरु पेल्छन्
दपेट्छन् सोझासाझालाई
मिच्छन् तिनका भूमि र भाषाहरु
थिच्छन् तिनका संस्कृति र सम्पदाहरु
दबाउँछन् तिनका भावनाहरु
र भत्काउँछन् सभ्यताहरु !    

मिचाहाले जानेकै मिच्नु हो
तराई, मधेस, पहाड, उपत्यका
जहाँ मिचाहा पस्छन्
त्यहाँ बाँकी सबैका अस्तित्व
संकटमा पर्छन् !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आर‍. मानन्धर
आर‍. मानन्धर
लेखकबाट थप