बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा एकै दिन थपिए दुई लाख ५० हजार सङ्क्रमित

बिहीबार, २६ साउन २०७९, ११ : ५०
बिहीबार, २६ साउन २०७९

जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा यो सङ्क्रमण देखिएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् । अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो ।

यहाँ कारोना भाइरसको नयाँ उप प्रजाति ‘बिए.५’ थप द्रुत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरूका तुलनामा यो उपप्रजाति द्रुत गतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीहरुले जनाएका छन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ ।

जापानका ४७ मध्येका २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमितहरु भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप