शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबार, २६ साउन २०७९, ११ : ४१
बिहीबार, २६ साउन २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य हिजोको तुलनामा घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यस्तै,आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ छ । जुन, हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ थियो । हिजो बुधबार सुनको मूल्य २०० ले बढेको थियो । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य ९६ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ हजार २३० रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप