शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनियन्त्रित माइक्रोबस पुलको रेलिङमा ठोक्किँदा १४ यात्रु घाइते

बिहीबार, २६ साउन २०७९, १० : ५९
बिहीबार, २६ साउन २०७९

पृथ्वी राजमार्गको दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सम्धी खोला पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन् । 

आज बिहान बा ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित हुन्दा चालकसहित १४ यात्रु घाइते भएका हुन् । घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्याइएकामा गम्भीर पाँच जनालाई मणिपाल अस्पताल रिफर गरिएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप