शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

बिहीबार, २६ साउन २०७९, १० : २४
बिहीबार, २६ साउन २०७९

नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । पार्टी कार्यालय च्यासलमा दिउँसो १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए । 

बैठकमा आगामी चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । सचिवालय बैठकपछि एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । केन्द्रीय कमिटीमार्फत उम्मेदवार छनोट, घोषणापत्र मस्यौदा लगायत निर्वाचनसँग सम्बन्धित निर्णय गर्नेछ । 

एमालेले यसअघि निर्वाचन लक्षित सातै प्रदेशमा कार्याकर्तालाई प्रशिक्षण दिएको थियो । उक्त प्रशिक्षणको समेत समिक्षा गरिने एमाले नेताहरुले बताएका छन् । प्रशिक्षणका लागि एमालेले सातै प्रदेशमा उपाध्यक्षहरूलाई खटाएको थियो । 

जसमा प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा सुरेन्द्र पाण्डे, बागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवास नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा युवराज ज्ञवालीलाई खटाएर प्रशिक्षण चलाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप