शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रियलमीको नयाँ प्रस्तुती रियलमी नार्जो ५०ए प्राइम

बिहीबार, २६ साउन २०७९, १० : ०७
बिहीबार, २६ साउन २०७९

स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५,००० एमएएच ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु समावेश रहेको कम्पनीले जनाएको छ । 

रियलमी नेपालका हेड मुनिष गिरीले भने, ‘नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम हो । यसमा भएको ६.६ इन्चको एफएचडी डिस्प्ले र ५० मेगापिक्सेल क्यामेरले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्दछ ।’  

सो फोनको मूल्य २१ हजार ७९९ रुपैयाँ तोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप