शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग पराजित

बिहीबार, २६ साउन २०७९, १० : ०५
बिहीबार, २६ साउन २०७९

पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज न्युजिल्यान्डसँग १३ रनले पराजित भएको छ । जमैकाको साविना पार्कमा आज बिहान सकिएको खेलमा न्युजिल्यान्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर मात्र  १ सय ७२ रन बनाउन सक्यो ।

वेष्ट इन्डिजका लागि शामरन ब्रुरक्सले सर्वाधिक ४२ रन बनाए । यस्तै, रोमारियो सेफर्डले ३१, ओडन स्मिथले २७, जासन होल्डरले २५ तथा निकोलस पुरनले १५ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । 

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ४७  रन जोडे भने  डिभेन कन्वेले ४३ रन बनाए । जेम्स निसमले ३३ तथा ग्लेन फिलिप्सले १७ रन बनाए । यस्तै, ड्यारियल मिचेल र मार्टिन गप्टिलले समान १६-१६ रन बनाए । दुई टोलीबीचको दोस्रो टी–२० खेल शनिबार  हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप