शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कमेडियन राजु श्रीवास्तवको अवस्था नाजुक, भेन्टिलेटरमा राखेर उपचार

बिहीबार, २६ साउन २०७९, ०९ : ५८
बिहीबार, २६ साउन २०७९

कमेडियन राजु श्रीवास्तवको अवस्था चिन्ताजनक रहेको छ । दिल्लीको एम्स अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।

राजुका पीआरओ गर्वित नारंगले भने, ‘साँझ डाक्टरहरूले उनको एन्जोप्लास्टी गरेका छन् । तर, उनको मष्तिष्कले प्रतिक्रिया दिइरहेको छैन । २३ घण्टाभन्दा बढी समय भइसकेको छ । पल्स ६०–६५ को बीचमा रहेको छ ।’ डाक्टरहरूका अनुसार राजुको मुटुको एक ठूलो हिस्सामा १०० प्रतिशत ब्लकेज रहेको छ । 

राजुको नजिक रहेका मकबूल निसारका अनुसार उनी बिहान होटलको जीममा व्यायाम गरिरहेका थिए । ट्रेडमिलमा कुद्दै गर्दा उनको मुटुमा पीडा भएको थियो । उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । 

राजु पार्टीका केही नेतालाई भेट्न दिल्ली पुगेका थिए । राजु २०१४ मा बीजेपीमा आबद्ध भएका थिए । मकबुलका अनुसार राजुको अवस्था अहिले स्थिर रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप