शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड महामारीका दौरान किमलाई ‘ज्वरो’, दक्षिणमाथि आरोप

बिहीबार, २६ साउन २०७९, ०९ : ४७
बिहीबार, २६ साउन २०७९

किम जोङ उनलाई कोभिड–१९ महामारीका दौरान ‘ज्वरो’ आएको उनकी बहिनीले जानकारी दिएकी छन् । उनको भनाइले उत्तर कोरियाका नेता पनि कोरोना सङ्क्रमित बनेको सङ्केत गरेको बीबीसीले उल्लेख गरेको छ ।

किम यो–जोङले आफ्नो देशमा कोभिड महामारी फैलिनुमा दक्षिण कोरिया जिम्मेवार रहेको आरोपसमेत लगाइन् । दक्षिणले कोभिडको भाइरस भएका पर्चाहरू आफ्नो देशमा पठाएको उनको आरोप थियो । दक्षिण कोरियाका अभियन्ताहरूले बेलुनको मद्दतले उत्तरमा पर्चा पठाउँदै आएका छन् । दक्षिणले भने सो आरोपको खण्डन गरेको छ ।

किम जोङ उनले उत्तर कोरियाले कोभिड–१९ विरुद्धको युद्ध जितेको घोषणा गरिरहँदा यो–जोङले सो कुरा बताएकी हुन् । उत्तर कोरियाले गत मेमा पहिलो पटक देशमा कोभिड महामारी फैलिएको जानकारी दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप