सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नौ वर्ष पछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन

बिहीबार, २६ साउन २०७९, ०९ : १६
बिहीबार, २६ साउन २०७९

भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोलि गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकैदिन रहेको जनाएको छ ।

मुख्यतः काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहीबार र शुक्रबार दुई दिन लगातार हुने जनाए पछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात शुक्रबार नै दुवै परेको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको हो ।

पञ्चाङ्ग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रवार एकैदिन गर्न गराउन समेत आग्रह गरेको छ । बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने पञ्चाङ्ग समितिको भनाइ छ ।

यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यस पालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा मनाइएको समितिले जनाएको छ । सो सँगै झन्डै ९ वर्ष पछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप