अछाममा सडक र पुल निमार्णको लागि प्रदेश सरकारबाट ७४ करोड बजेट
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९÷८० मा ७४ करोड बजेट विनियोजन गरेको छ ।
अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्कि पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउन बजेट विनियोजन गरेको हो ।
जयगढ–माझेठाना– रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुट्याएको पूर्वाधार विकास कार्यालय अछामले जानकारी दिएको छ ।
चिसापानी– जंगलघाट बाजुराको बडीमालिका जोड्ने सडकमा १४ करोड छुट्याएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले विनायक–लयाटी –पुल्लेलोला– रामारोशन सकडर चिसापानी–जंगलघाट –ऋषिदह–वाजुराको बडिमालीका सडक ९गैरिटाँड–कालागाउँ–दर्ना खण्ड० ५÷५ करोड विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन