राजापाक्षे दाजुभाइमाथि लगाइएको प्रतिबन्ध थप लम्बियो

श्रीलंकाको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्वअर्थमन्त्री बसिल राजापाक्षेमाथि लगाइएको यात्रा प्रतिबन्धलाई सेप्टेम्बर ५ सम्म लम्ब्याएको छ । श्रीलंकाको सर्वोच्च अदालतले यसअघि उनीहरूलाई अगस्ट ११ सम्म अदालतको अनुमतिबिना देश छाड्न नदिने अन्तरिम आदेश जारी गरेको थियो ।
महिन्दा राजापाक्षे, बसिल राजापाक्षे र श्रीलंकाको केन्द्रीय बैंकका पूर्वगर्भनर अजित निभार्ड काब्राललाई विदेश यात्रा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिइएको थियो ।
श्रीलंकाको आर्थिक संकटका लागि जिम्मेवार व्यक्तिविरुद्ध छानबिन गर्न माग गरिएको छ । सिलोन चेम्बर अफ कमर्स (सीसीसी)का पूर्वअध्यक्ष चन्द्र जयरत्ने, श्रीलंकाका पूर्व स्विमिङ च्याम्पियन जुलियन बोलिङ, जेहान कनागररत्न र ट्रान्सपरेन्सी इन्टरनेसनल श्रीलंका (टीआईएसएल) लगायतका समूहले निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार
-
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त
-
जडीबुटी कम्पनीमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ
-
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा
-
मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्रहरू भइरहेका छन् : मन्त्री गुप्ता
-
विद्यार्थी ठगी विषयमा पूजा : म दोषी छैन, दोषीलाई कारवाही होस्