पत्रपत्रिका

ट्रेड युनियनमार्फत आन्दोलनमा उत्रे कर्मचारी

person explore access_timeसाउन २६, २०७९ chat_bubble_outline0

राजपत्रअनंकित प्रथम श्रेणीका कर्मचारीहरू (नायब सुब्बा) हरूले निजामती विधेयकमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज बिहीबार माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने भएका छन्।


देशभरका हजारों नासु तहका कर्मचारी सोमबारदेखि आन्दोलनमा उत्रिएपछि सरकारी कार्यालयको कामकाज प्रभावित बन्न पुगेका बेला शक्ति प्रदर्शनस्वरूप पाँचवटै ट्रेड युनियन मिलेर माइतीघर मण्डलामा धर्ना दिने निर्णय भएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए ।



सरकारले बजेट भाषणमा घोषणा गरेको भन्दा ठीकविपरीत असमान ढंगले तलब वृद्धिगर्नलागेकोमा असन्तुष्टि जनाउँदै आएका उनीहरूले अब निजामती सेवा ऐनको विषयमा माइतीघरमा शक्ति प्रदर्शन गर्न लागेको अध्यक्ष पोखरेले जानकारी दिए । 'अस्ति असन्तुष्ट कर्मचारीको आन्दोलन थियो। अब ट्रेड युनियनमार्फत् आन्दोलन अघि बढ्छु,' उनले भने।  यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।