बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, २६ साउन २०७९, ०५ : ५५
बिहीबार, २६ साउन २०७९

नेपाल राष्ट्र बैंकले बिहीबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ  ५४ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ९२ पैसा र बिक्री दर १३० रुपैयाँ ५४ पैसा रहेको छ।  

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ  ४८ पैसा र बिक्री दर १५४ रुपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५७ पैसा र बिक्री दर ३४ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप