शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको छिङदाओमा हिमालय एयरलाइन्सद्वारा कूटनीतिक चार्टर उडान

बुधबार, २५ साउन २०७९, २२ : २७
बुधबार, २५ साउन २०७९

परराष्ट्र मन्त्रालयको अनुरोधमा हिमालय एयरलाइन्सले कूटनीतिक चार्टर उडान गरेको छ ।  परराष्ट्रमन्त्री डा.नारायण खड्काको औपचारिक भ्रमणका लागि चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गरेको एयरलाइन्सले  जनाएको छ ।  

परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालय एयरलाइन्स गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गन्तव्यतर्फ प्रस्थान गरेको थियो ।  छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि साउन गते नेपाली प्रतिनिधिमण्डलका सदस्यहरु फर्किनेछन् ।  

सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुबै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्ध पश्चात ठप्प भएको थियो । यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो । 

काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एयरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर उडान सञ्चालन गरेको जनाएको छ।   चीनमा आज परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप