रत्न मन्दिर र हिमागृह खुला गर्न पर्यटनमन्त्रीसमक्ष माग
पर्यटन व्यवसायी सङ्गठन नेपालले पोखराको रत्न मन्दिर र हिमागृह खुला गर्न सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसमक्ष माग गरेको छ । सङ्गठनका गण्डकी प्रदेश अध्यक्ष गणेशराज पहारीले आज पोखरामा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विगतमा पूर्व राजपरिवारका सदस्यले प्रयोग गर्ने गरेको र हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेका यी दुई दरबार सर्वसाधारणका लागि खुला गरी उद्यान एवं सङ्ग्रहालयका रुपमा रुपान्तरण गरेर अवलोकनको व्यवस्था गर्न माग गरे ।
पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारमा अवस्थित रत्न मन्दिर र हिमागृह खुला गर्न यहाँका पर्यटन व्यवसायीले डेढ दशकअघिदेखि माग गर्दै आएका छन् । यी दुई दरबार सर्वसाधारणका लागि खुला भएमा पर्यटकीय गन्तव्य बन्ने र पर्यटकको पोखरा बसाइँ लम्ब्याउन सहयोग पुग्ने पर्यटन व्यवसायीको भनाइ छ ।
यसैगरी पोखरालाई यथाशीघ्र पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने र पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग घोषणा गरिनुपर्ने माग पर्यटन व्यवसायी सङ्गठनको छ । होटल प्रतिष्ठान (उद्योग) सरह व्यक्तिगत नाममा रहेका होटल प्रतिष्ठानलाई पनि विद्युत् महसुल शुल्कमा प्रदान गरिएको छुट तथा सहुलियत प्रदान गर्न र होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह सेवा सुविधा प्रदान गरिएको हुँदा सो सुविधालाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन ज्ञापनपत्रमा उल्लेख छ ।
पृथ्वीराजमार्ग एवं सिद्धार्थ राजमार्गको निर्माण कार्य तथा स्तरोन्नति छिटो सम्पन्न गरी अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेक साइडसम्म ‘बाइपास रोड’ निर्माण गर्न आग्रह गरिएको छ । यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी अङ्ग्रेजी नयाँ वर्षदेखि सञ्चालन हुने सुःखद् समाचारसँगै विश्वलाई चिनाउने साहसिक हवाई खेल प्याराग्लाइडिङ र अल्ट्रा लाइट व्यवसायको दिगो व्यवस्थापन एवं भविष्यका लागि निश्चित समय निर्धारण वा विकल्प खोज्न माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने