सुदूरपश्चिमका ९४ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा एकैदिन ९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा एक हजार एकसय सात जनाको परीक्षण गर्दा ९४ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ५७, कैलालीका ३३, डडेल्धुराका दुई, बैतडीका एक र दार्चुलाका एकजना रहेका छन् । तीमध्ये भारतबाट फर्किएका २१ जनामा सङ्क्रमण पुष्टि भएको हो । गौरीफन्टा नाकाबाट १२, गड्डाचौकी नाकाबाट फर्किएका सात, पुलघाट नाकाबाट एक र झुलाघाट नाकाबाट फर्किएका एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
सुदूरपश्चिममा हालसम्म पाँच लाख ६६ हजार आठ सय ९९ जनाको कोरोना परीक्षण गरिएकामा ६० हजार छ सय पाँच जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३४ जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद् नियमावली संशोधन खारेज गर्न र घिमिरेको अवहेलना मुद्दा छिटो टुङ्गाउन बारको आग्रह
-
न्याय परिषद्ले माग्यो सबै न्यायाधीशसँग एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि
-
अधिकार नहुँदा औद्योगिक विकास र उद्यमशीलता काममा समस्या भयो : मुख्यमन्त्री लामा
-
आपराधिक गतिविधि, तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन
-
सहिद लक्ष्मी फुयाल स्मृति प्रतिष्ठानको भवन शिलान्यास
-
गायिका रचना रिमाल चढेको जहाज नेपाल आउनुपर्नेमा जर्मनी पुगेपछि...