बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियामा बर्षाका कारण ९ जनाको मृत्यु, सात बेपत्ता

बुधबार, २५ साउन २०७९, २१ : ३२
बुधबार, २५ साउन २०७९

दक्षिण कोरियामा अत्यधिक बर्षाका कारण कम्तीमा थप नौ जनाको मृत्यु भएको छ ।  सरकारी अधिकारीहरूले बर्षापछिका घटनामा परी अरु सात जना बेपत्ता भएको जानकारी दिएका छन् । देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै यस्ता घटना भएका हुन् ।
  
बुधबारसम्ममा ५०० मिलिलिटर बर्षा भएको मौसम विभागका अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये एक जना चिनियाँ नागरिक रहेको दक्षिण कोरियास्थित चिनियाँ दूतावासले जनाएको छ । स्थानीय समयअनुसार मङ्गलबार दिउसो ४.२३ मा ग्येयोङ्गी प्रान्तमा ती व्यक्तिको पहिरोमा परी मृत्यु भएको हो । बर्षापछिका घटनाका कारण सोल र ग्येयोङ्गीका क्षतिग्रस्त ३९८ घरका ५७० जना विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न आश्रय स्थलहरुमा लगेर राखिएको छ ।

अहिले दक्षिण कोरियामा देशभरी गरेर कूल एक हजार २५३ जना बर्षाका कारण विस्थापित भएका छन् । उनीहरू ७२४ घरका हुन् ।  बर्षाका कारण दुई हजार ६०० घर क्षतिग्रस्त भएका छन् भने धेरै सवारी साधन डुबानमा परेका छन् । बर्षाले सडक, विद्युत, सञ्चारलगायतका सेवाहरुलाई पनि प्रभावित पारेको अधिकारीहरुले जनाएका छन् । कतिपय ठाउँमा ती सेवा अवरुद्ध भएका छन् । सेवा सूचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरूको भनाइ छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप