बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरबाट बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

बुधबार, २५ साउन २०७९, २० : ५२
बुधबार, २५ साउन २०७९

बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका चाँगुनारायण नगरपालिका–३ झौखेलका ४४ वर्षीय शिवराज थापा पक्राउ परेका छन् । उनलाई आज महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो ।

बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालतको एक महिना १५ दिन कैद र रु ५८ लाख ९६ हजार पाँच सय जरिवाना फैसला भएका थापालाई प्रहरीले पक्राउ गरी भक्तपुर अदालतमा पेस गरेकामा आजै अदालतले कारागार कार्यालय जगन्नाथ देवल काठमाडौँ पठाएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप