रुपन्देहीमा डेंगु रोगी बढ्दै
रुपन्देहीमा दैनिक रूपमा डेंगु संक्रमितको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले हालसम्म जिल्लामा २६९ जना डेगुका रोगी भेटिएको बताए । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
डेंगुका रोगी बढेपछि बुटवलमा डेंगु नियन्त्रण अभियान सुरु गरिएको छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविकाको सहभागितामा खोज तथा नष्ट अभियान सुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको बास स्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको हो । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले वडा नं. १, ५ र ६ मा खोज र नष्ट अभियान सञ्चालन भइसकेको र अन्य क्षेत्रमा अभियान सञ्चालनको क्रममा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने