मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अग्नि ग्रुपले ल्यायोे महिन्द्रा गाडीका लागि ७० प्रतिशतसम्म लगानीको योजना

बुधबार, २५ साउन २०७९, १९ : १४
बुधबार, २५ साउन २०७९

अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ । यो योजना ग्राहकहरूलाई राहत दिन र महिन्द्रा भेहिकलले विगतका वर्षहरूमा देखाएको उद्यमशिलताको भावनालाई सहयोग गर्ने प्रयास भएको कम्पनीको भनाइ छ । 

बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न अग्निले यस्तो योजना ल्याएको जनाएको छ । अग्नि इन्कर्पोरेटेडले यस योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौता गरेको छ । ‘हामी एकल प्रक्रिया (वान विन्डो अप्रोच)का साथ हाम्रा ग्राहकहरूका लागि समग्र प्रक्रियालाई सहज र सरल बनाउन चाहन्छौं, त्यसैले हामीले हाम्रो आन्तरिक समूह कम्पनीसँग मिलेर यसमा काम गरेका छौं,’ कम्पनीले भनेको छ, ‘सहज कागजात र प्रक्रियाहरू पूरा गरेर ग्राहकले आवेदन दिएको ७ कार्य दिनभित्र कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।’

ब्रान्ड न्यू फोर ह्वीलर्सका लागि कुल ऋण सीमा प्रतिष्ठानहरूका लागि कुल बिल राशिको ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका ब्रान्ड नयाँ फोर ह्वीलर्सको लागि कुल ऋण सीमा ५० प्रतिशतसम्म छ । यस्तै फाइनान्सिङको अधिकतम अवधि ५ वर्षसम्मको हुनेछ । यसका लागि ग्राहकबाट ३० प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप