शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुस्टर मात्रा खोपले गम्भिर बिरामी, मृत्यु हुनबाट ८५ प्रतिशत रोक्छ : स्वास्थ्य मन्त्रालय

बुधबार, २५ साउन २०७९, १८ : ३८
बुधबार, २५ साउन २०७९

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप १६ हजार ९२६ जनाले लगाएका छन् । हालसम्म ७३ लाख ६९ हजार १०८ जनाले बुस्टर मात्रा लगाएका हुन् । 

३१.६ प्रतिशतले मात्रै बुस्टर मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले कोभिड–१९ संक्रमणबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको बताए । त्यसैले खोप नलगाएकाहरु उच्च जोखिममा रहेकोले खोप नलगाएका सबैले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्कता अनुसार कोभिड–१९ विरुद्धको पहिलो दोस्रो र बुस्टर मात्रा खोप लगाउन उनले आग्रह गरे । 

यस्तै,कोभिड–१९ बाट संक्रमित लगभग ५० प्रतिशत मानिसहरुमा कुनैपनि लक्षण देखिँदैन् । खोप नलगाएकाहरुलाई कोरोना संक्रमण भएको खण्डमा गम्भीर रुपमा  बिरामी पार्नुका साथै मृत्यु हुन सक्ने सम्भावना खोप नलगाएका मानिसको तुलनामा १० गुणा बढी हुने उनले बताए । सबै जना कोरोना संक्रमणको जोखिममा रहेकाले कोरोनाविरुद्धको खोपको पूर्ण र बुस्टर मात्रा समयमै लगाउन आग्रह गरिएको छ । बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने उनले बताए । यस्तै, खोप नलगाएकाहरुलाई तुरुन्त स्वास्थ्य संस्थामा गएर पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन प्रवक्ता अधिकारीले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप