बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सानिमा बैंकले कर्जा प्रवाह गर्ने कोषले सुरक्षण गर्ने

बुधबार, २५ साउन २०७९, १८ : २५
बुधबार, २५ साउन २०७९

सानिमा बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच बुधबार सम्झौता भएको छ । बैंकले ग्रामीण लघु वित्त तथा विपन्न वर्गको क्षेत्रमा कर्जा प्रवाह गर्ने र कर्जा सुरक्षण कोषले सो कर्जाको सुरक्षण गर्ने सम्झौता भएको हो । 

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै सानिमा बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्नेछ । बैंकले प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्नेछ भने शैक्षिक धितोमा प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म र अन्य धितोमा प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्नेछ ।

यसैगरी वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति १० लाख रुपैयाँसम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी व्यक्तिगत वा सामूहिक जमानीमा १५ लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । यसरी गरी कर्जाको सुरक्षण भने कोषले गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप