आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिएको ओलीको आरोप

बुधबार, २५ साउन २०७९, १८ : १५
बुधबार, २५ साउन २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन् ।  स्वास्थ्य शिक्षा, मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरूको हब बन्नका लागि उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम सरकारबाट भइरहेको अध्यक्ष ओलीको भनाइ थियो ।

बुधबार काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसका लागि कृषि बजारको अभाव भने नेपालमा नभएको दावी गरे । उनले भने, ‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ ।

यसलाई त मेडिकल हब बनाउनुपर्ने हो । मेडिकल एजुकेसन हब बनाउनुपर्ने हो । उपचार अस्पतालको हब बनाउनुपर्ने हो–यो देशलाई । यहाँको हावापानी र भूगोल नै ती चीजहरूलाई दिन्छ । यी आधारभूत आवश्यक्ताहरुको परिपूर्ति गर्दै हामी अघि बढ्नुपर्छ । कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्दछ । यस क्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्दछ । जसले यसको उत्पादन लागत घटाउँछ । अन्नवालीको पनि नश्ल सुधार गरौं । उत्पादन र उत्पादकत्व बढाऔं । र, देशलाई पहिलो कुरा त आत्मनिर्भर बनाऔं ।’ 

अध्यक्ष ओलीले कृषि उपज बढाउनका लागि माटो मर्न नदिने काममा सचेत रहन पनि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप