शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको अभिमुखीकरणको कार्यतालिका तय, क–कसले दिँदैछन् प्रशिक्षण ?

बुधबार, २५ साउन २०७९, १८ : १२
बुधबार, २५ साउन २०७९

नेपाली काँग्रेसले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको कार्यतालिका तय गरेको छ । बुधबार विहान पार्टी कार्यालयमा महामन्त्री गगन थापाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले अभिमुखीकरण कार्यक्रमको कार्यतालिका तय गरेको हो । 

काँग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन ३० र ३१   गते पालिका प्रमुख र उपप्रमुखका लागि ललितपुरमा दुई दिन अभिमुखीकरण दिँदै छ । काँग्रेसले स्थानीय निर्वाचनमा ३२९ प्रमुख र ३ सय उपप्रमुख जितेको छ ।

कार्यक्रमको पहिलो दिन साउन ३० गते  वरिष्ठ कानुनविद् काशिराज दाहाल, योजना आयोगको उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थशास्त्री जगदीश भट्टराई, प्राकृतिक स्रोत सम्बन्धि विज्ञ सन्तोषमणि नेपालले प्रशिक्षण दिने कार्यक्रम छ ।

यस्तै दोस्रो दिन  ३१   गते  उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने छन् । उपसभापतिद्वय खड्का र गुरुङले स्थानीय सरकार र पार्टीको सम्बन्धनबारे प्रशिक्षण गर्ने छन् ।

महामन्त्री गगन थापाले घोषणापत्रबारे प्रशिक्षण दिने छन् भने विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे धारणा राख्ने छन् । यस्तै प्रवक्ता प्रकाशशरण महतले प्रचार–प्रसार अभियानबारे प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप