शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेशनल लाइफ इन्स्योरेन्सको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न

बुधबार, २५ साउन २०७९, १८ : ११
बुधबार, २५ साउन २०७९

“रिचिङ द पिनाकल २०७९/८०” नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ दिने वार्षिक सम्मेलन “एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ ।  आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको कम्पनीले जनाएको छ । 

सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । सम्मेलनको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जीवन बीमा व्यवसाय झनै प्रतिस्पर्धात्मक र जटिल हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व आएको बताए । उनले आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्रस्थानमा पु¥याउन हामी सबैले अधिकतम प्रयास गर्नु पर्ने पनि सो क्रममा सुझाव दिए । 

सो क्रममा आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखा कार्यालय लगायत बार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप