सांसद हिँडेपछि पास हुनै लागेको विधेयक रोकियो
बुधबारको प्रतिनिधिसभा बैठकको सुरुवातमा सभाहलमा उल्लेख्य सांसदहरु थिए । तर बैठकको अन्त्यतिर विधेयक पारित हुने क्रममा गणपूरक संख्या नै नपुगेपछि पारित हुन ठिक्क बेला भएको विधेयक रोकिन पुग्यो । विधेयक पारित गर्न चाहिने कम्तिमा ६९ जना सांसद सभामा नभएपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन २९ गते आइतबारसम्मका लागि बैठक स्थगितको घोषणा गरे ।
राष्ट्रियसभाबाट यसअघि नै पारित भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि प्रतिनिधिसभामा दफावार छलफल भयो । साथै सो विधेयकका विभिन्न प्रावधान संशोधनका लागि परेका प्रस्तावमाथि मन्त्रीले जवाफ दिने तथा फिर्ता नलिइएका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया समेत सकिएको थियो ।
सभामुख सापकोटाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मोहम्मद इस्तियाक राईले विधेयकमाथिको जवाफ दिने क्रममा सरकारको तर्फबाट स्वीकार गरेको संशोधनहरुलाई स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गरे जुन बहुमतले स्वीकृत भयो । तर स्वीकृत भएको संशोधनलाई सो विधेयकको अंग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्नै लाग्दा सभामुख सापकोटालाई नेमकिपा सांसद प्रेम सुवालले बीचमा रोके ।
उनले सदनभित्र आफूले गन्दा सांसदहरुको संख्या ६० मात्र रहेको र त्यसलाई ६९ जना पुर्याएर पास गर्न आग्रह गरे । त्यसपछि सभामुखले नेपालको संविधानको धारा ९४ को व्यवस्थाअनुसार कुनै पनि विषय निर्णयार्थ पेश गर्न एक चौथाई सांसद चाहिने व्यवस्था रहेको बताउँदै ३ मिनेट घण्टी बजाएर सांसदहरुको संख्या गन्न सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।
३ मिनेट घण्टी बजाएर सांसदको गणना गर्दा हलभित्र ६६ जना सांसदमात्र फेला परे । गणपूरक संख्या पुग्न ३ सांसदको अभाव भएपछि सभामुख सापकोटाले कार्यसूचीको बाँकी कुराहरु हटाइएको बताउँदै आगामी आईतबार सम्मका लागि बैठक स्थगित गरे ।
पछिल्लो समय बैठकमा विधेयक पारित गर्ने क्रममा सांसदहरुको गणपूरक संख्या नै नपुग्ने अवस्था सिर्जना भइरहेको छ । पहिले जस्तो तुलनात्मक रुपमा संसदमा सांसदहरुको उपस्थिति कम हुँदै गएको संघीय संसदका प्रवक्ता डा.रोजनाथ पाण्डेले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण