निर्वाचन तयारीका लागि नेकपा एसले दियो नेताहरुलाई जिम्मेवारी
बुधबार, २५ साउन २०७९, १७ : ५७
नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ मा हुने निर्वाचनबारे पूर्व तयारी गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मा उपमहासचिव समेत रहेका नेता गंगालाल तुलाधरलाई दिएको छ । त्यस्तै निर्वाचन घोषणापत्र मस्यौदा तयार गर्न प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेललाई जिम्मेवारी दिएको महासचिव वेदुराम भुसालले जानकारी दिए ।
प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारीको मापदण्ड र छनोट विधि बारेमा प्रस्ताव तयार गर्न महासचिव वेदुराम भुसाललाई जिम्मा दिएको छ । साथै बैठकले निर्वाचन निर्देशिका तयार पार्न पार्टीको कानुन विभाग र निर्वाचन विभागलाई जिम्मा दिएको छ । पार्टीको कानुन विभागमा रामचन्द्र झा छन् भने निर्वाचन विभागमा रामकुमार भट्टराई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला