आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढ्यो : देव गुरुङ

बुधबार, २५ साउन २०७९, १७ : २७
बुधबार, २५ साउन २०७९

नेकपा माओवादी केन्द्र) का नेता देव गुरुङले नेपाल सामु सैन्य युद्ध आतंकको खतरा रहेको बताएका छन् । बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्व साम्राज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डो प्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको बताए । उनले भने, ‘विश्व साम्राज्यवादले जुन प्रकारको युद्ध आतंक मच्चाउन खोजिरहेको छ, साउथ एसिया र इण्डो प्यासिफिक क्षेत्रमा युद्ध आतंक मच्चाउन खोजिरहेको छ । पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको छ । पूर्वमा इण्डोप्यासिफिक अघि सारेर युद्ध मच्चाउन खोजिरहेको छ । युद्धको स्थितिले गर्दा तत्काल नेपालको स्थिति के हो भन्ने प्रश्न उठेको छ ।’ 

नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गरे । उनले भने, ‘नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनै दिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ । हामीसामु युद्ध र सैन्य गतिविधिको खतरा छ । हामीसामु युद्ध आतंकको खतरा छ । युद्धको रुपमा नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुन्छ । देशलाई एकतावद्ध गरेर लैजान पनि राष्ट्रिय दलहरूको बीचमा राष्ट्रिय सहमतिको जरुरी छ ।’ 

उनले देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनै दिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने चेतावनी दिए । उनले नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने भन्दै राष्ट्रिय स्वाधिनताको मुद्दामा सबै पार्टी र जनता एकसाथ हुनुपर्ने बताए । 

उनले नेपालको इतिहासमा सुगौली सन्धिदेखि नै नेपालको राष्ट्रिय स्वाधिनता कुण्ठित हुँदै आएको बताए । उनले नेपालमा खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजश्व छली भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप