शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायक थानीको ‘पाइने रैछ माया’ बोलको गीत सार्वजनिक

बुधबार, २५ साउन २०७९, १७ : ०५
बुधबार, २५ साउन २०७९

गायक दिनेश थानीको स्वरमा रहेको  ‘पाइने रैछ माया’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत निर्देशक रोशन कुमारले निर्देशन गरेका छन्। गीतकार भवानी प्रसाद थानीले उनका शब्दमा जीवनको यथार्थ भोगाईलाई उतारेका छन्।

यस गीतका संगीतकार प्रमोद पन्त र संगीत संयोजक रिदम कँडेल हुन् भने मिक्सिङ्ग र माष्टरिंग महेश्वरमान राजभण्डारीले गरेका हुन् । दि लाइफ एक्सप्रेस मुभी मेकर्स प्रालिले निर्माण गरेको भिडियोमा सुनिता पराजुलीको प्रस्तुति रहेको छ। भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् र सम्पादन एवं कलरिंग भने मीन रावलले गरेका हुन्।

प्रेम बश्यालले क्रीयटिभ हेडमा साथ दिएका छन भने चर्चित कलाकार यशराज गराच र साक्षी लम्सालको उत्कृष्ट अभिनय हेर्न सकिन्छ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप