शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले भने– जापान फोहोर व्यवस्थापनमा संसारकै अग्रस्थानमा रहेछ

बुधबार, २५ साउन २०७९, १७ : ०२
बुधबार, २५ साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ जापान फोहोर व्यवस्थापनमा संसारमै अग्रस्थान रहेको पाइएको बताएका छन् । पाँच दिन जापान भ्रमण सकेर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले फोहोर व्यवस्थापनमा जापानबाट सिक्नुपर्ने बताए ।

‘जापानमा टनेल टेक्नोलोजी धेरैमाथि गएको छ । टेलिकम्युनिकेशन सहकार्यको कुरा भएको छ । जापान फोहोर व्यवस्थापनमा संसारकै अग्रस्थान रहेछ । कहीँकतै फोहोर गर्न नदिने रहेछ । त्यसैले हामीले फोहोर व्यवस्थापनका लागि तत्काल इक्विपमेन्ट चाहियो भन्यौ’ प्रचण्डले भने, ‘जापानको सहयोगमा नागढुंगामा सुरुङ बनिरहेको छ । अब हामी धेरै टनेलमा जान्छौ त्यसमा पनि जापानको प्रविधि र लगानी होस भन्ने छ ।’

यस्तै जापानको हाइड्रो, कृषि र भौतिक संरचना आवश्यकता भएको विषयमा छलफल भएको प्रचण्डले बताए । आगामी मंसिरमा हुने संसदीय चुनावमा जापानी पर्यवेक्षक आउने समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप