सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा दुई विधेयक पारित

बुधबार, २५ साउन २०७९, १६ : ५५
बुधबार, २५ साउन २०७९

प्रतिनिधिसभा बैठकले तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको बुधवार बसेको बैठकले राष्ट्रिय सभाको सन्देश सहितको तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको हो । त्यस्तै बैठकले राष्ट्रियसभाको सन्देश सहितको शपथसम्बन्धी विधेयक, २०७९ लाई पनि बहुमतले पारित गरेको छ । 

त्यसैगरी खानेपानी तथा सरसफाई विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई पनि सर्वसम्मतिले स्वीकृत गरिएको छ । हाल काठमाडौं उपत्यका सार्वजनिक यातायात(व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि दफाबार छलफल प्रारम्भ भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप