यो पटक पदाधिकारी टुंग्याउछौँ : प्रचण्ड
बुधबार, २५ साउन २०७९, १६ : ५१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी पदाधिकारी टुंगो लगाउने बताएका छन् । जापानको पाँच दिने भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डले अब यो पटक पदाधिकारी टुंगो लगाएर चुनावमा जाने बताए ।
पदाधिकारी कोटको खल्तीमा छ कहिले सार्वजनिक गर्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रचण्डले मिडियाका साथीहरुले अलि धेरै नै भनेकाले पदाधिकारी बनाएर छाड्ने बताए । यस्तै प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नहुने बताए । राष्ट्रपतिले नागरिकता विधेयक नरोक्न प्रचण्डले विश्वास व्यक्त गरे ।