आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य राज्यमन्त्री र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुखबीच भेटवार्ता

बुधबार, २५ साउन २०७९, १६ : १७
बुधबार, २५ साउन २०७९

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवबीच भेटवार्ता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको भेटमा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताए ।

उनले भने, ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयोग प्राप्त हुने नै छ भन्नेमा विश्वस्त छु ।’ उनले पश्चिम नेपालमा कुपोषण प्रमुख समस्या रहेको भन्दै यस विषयमा पनि पहल गर्न विश्व स्वास्थ्य संगठनलाई आग्रह गरे ।

पाण्डवले नेपालको स्वास्थ्य क्षेत्रमा आफूहरुले सदैव कटिबद्ध भइरहेको लागिरहेको बताए । उनले भने, ‘कोरोना रोकथाम र नेपालका प्रमुख रोगहरुको रोकथाममा हामी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेका छौं । नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न के गर्न सकिन्छ, समन्वय गरेर अघि बढौं ।’ विश्व स्वास्थ्य संगठनको कन्ट्री कोअपरेसन स्ट्रयाटेजी अनुसार सहयोग गरिने उनको भनाई थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप