शपथसम्बन्धी विधेयक संसदबाट बहुमतले पारित, ‘त्यो पर्दैन’ भन्न नपाइने
राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सपथसम्बन्धी विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको बैठकमा सो विधेयक बहुमतले पारित भएको हो । सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको शपथ लिने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले संघीय संसदले सो ऐन बनाएको हो । सो ऐन कार्यान्वयनमा आएपछि अब सपथ खानेले ईश्वरको नाममा वा देश र जनताको नाममा सपथ खान सक्ने विकल्प राखिएको छ । यसअघि खाने सपथमा ईश्वरको नाममा मात्र सपथ लिने व्यवस्था थियो । ईश्वरको नाममा भन्न नचाहनेहरुले देश र जनताको नाममा भनेर सपथ खाने गर्दथे ।
साथै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग सपथ लिने बेला सपथमा रहेको ‘प्रतिज्ञा गर्दछु’ शब्द उच्चारण नगरी त्यो पर्दैन भनेका थिए । सपथ लिने बेला ओलीको सो व्यवहारको व्यापक आलोचना भएको थियो । संघीय संसदबाट पारित भएको विद्येयकको अनुसूचीमा राखिएको पद तथा गोपनीयताको ढाँचामा पनि प्रतिज्ञा गर्दै भन्ने शब्द राखिएको छ । सोही ढाँचा अनुसार सपथ खानुपर्ने विधेयकमा व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण