स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर
![स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर](https://rpcdn.ratopati.com/media/albums/health-ministry--swasthya-m_RHv84RB7de_ZgZDUuduz9.jpg)
सरकारले स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै ५ जना उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । लामो समयदेखि रिक्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखाको जिम्मेवारी डा.सन्जयकुमार ठाकुरले पाएका छन् ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक ठाकुरलाई महाशाखाको जिम्मेवारी दिइएको हो । यस्तै, डा.ठाकुरको ठाउँमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयकी सचिव रिता जोशीलाई तानिएको छ । स्वास्थ्य सेवा विभागमा कान्ति बाल अस्पतालमा कार्यरत भवनाथ खतिवडालाई सरुवा गरिएको छ भने केन्द्रका निर्देशक केशवराज पण्डितलाई मन्त्रालयमा ल्याइएको छ ।
यस्तै, हेटौंडाको राष्ट्रिय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको निर्देशकमा डा.विश्वबन्धु बगालेलाई पठाइएको छ । यसअघि औषधि व्यवस्था विभागका महानिर्देशक समेत भइसकेका र मन्त्रालयमा फाजिलमा रहेका नारायण ढकाललाई प्रदेश नं. १ को प्रदेश स्वास्थ्य निर्देशनालयमा काजमा खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म