शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा ९९ प्रतिशत मङ्कीपक्सको सङ्क्रमण पुरुषमा

बुधबार, २५ साउन २०७९, १५ : ०५
बुधबार, २५ साउन २०७९

अमेरिकामा देखिएका मङ्कीपक्सका सङ्क्रमितहरुमध्ये ९९ प्रतिशत सङ्क्रमित पुरुष रहेका एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ ।
 
यही अगष्ट ५ मा सार्वजनिक गरिएको सो रिपोर्टमा उक्त कुरा देखिएको हो । सो अनुसन्धान रिपोर्टमा देखाइए अनुसार यसरी पाइएका ९९ प्रतिशत मङ्कीपक्सका सङ्क्रमितहरुमा पनि पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ । 

अमेरिकामा देखिएको यो भाइरसको मे १७ देखि जुलाई २२ सम्मको तथ्याङ्क गरिएको अनुसन्धानमा यो तथ्य भेटिएको हो । अमेरिकामा पछिल्लो समयमा मङ्कीपक्सका सङ्क्रमितहरु भेटिने क्रम बढ्दो रहेको छ । अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ ।
 
पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा मात्र मङ्कीपक्सका आठ हजार नौ सय भन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप