शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालाजुमा भएको आगलागी नियन्त्रणबारे गृहमन्त्रीको चासो

बुधबार, २५ साउन २०७९, १४ : ५५
बुधबार, २५ साउन २०७९

गृहमन्त्री बालकृष्ण खाणले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको वान वर्ल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग जानकारी लिएका छन्। 

उनले थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण तथा अन्य व्यवस्थापन गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि निर्देशन दिएका छन् । गृहमन्त्री खाणले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजिपी) रवीन्द्रबहादुर धानुक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौं जिल्लाका सुरक्षा प्रमुखलाई यथाशक्य छिटो आगलागी नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

एआइजी धानुकले गृहमन्त्रीको निर्देशनअनुरुप थप शक्ति पठाएर आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको जानकारी गराए । काठमाडौंका प्रजिअ रिजालले विद्युत् सट भएर सो आगलागी भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप