भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवलाई हृदयाघात, अस्पताल भर्ना
बुधबार, २५ साउन २०७९, १४ : ५१
भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको बुधबार स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ । भारतीय मिडिया रिपोर्ट अनुसार उनलाई जिममा वर्कआउट गरिरहेका बेला हृदयघात भएको थियो र त्यसपछि उनलाई तुरुन्त अस्पताल लगिएको छ ।
ट्रेड मिलमा रनिङ गरिरहेका बेला छाती दुख्यो
रिपोर्टका अनुसार राजु श्रीवास्तवका भाइ दिपु र पब्लिक रिलेशन अफिसर (पिआरओ) ले उनलाई हृदयाघात भएको पुष्टि गरेका छन् । उनीहरुले दिएको जानकारी अनुसार राजु श्रीवास्तव होटलमा जिम वर्कआउट गरिरहेका थिए, त्यतिबेला ट्रेडमिलमा रनिङ गरिरहेका बेला उनलाई छाती दुखेको थियो र उनी लडेका थिए । त्यसपछि उनलाई तुरुन्त अस्पताल पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न