आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपाल आउँदै

बुधबार, २५ साउन २०७९, १४ : ३५
बुधबार, २५ साउन २०७९

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले नेपाल आउने भएका छन् । नीति अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित अन्तराष्ट्रिय गोष्ठीमा भाग लिनका लागि उनी भदौ १२ गते नेपाल आउन लागेका हुन् । भदौ १० गते सुरु हुने अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले भदौ १२ गते समापन गर्ने बताइएको छ ।

समापन समारोहमा विशिष्ट अतिथिको रुपमा विदेश प्रमुख चौथाइवाले नेपाल आउन लागेका हुन् । उद्घाटन सत्र एलिस पार्टी प्यालेसमा हुनेछ भने त्यसको समापन पशुपति धर्मशालामा हुने बताइएको छ । भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले विगत केही समयदेखि नेपालका राजनीतिक दलसँग सम्बन्ध बनाउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप