नितिशकुमारले जनतालाई धोका दिए : भाजपा
बिहारमा नितिशकुमारले गठबन्धन तोडेर जनतालाई धोका दिएको भाजपाले आरोप लगाएको छ । नितिशकुमारले अचानक गठबन्धन तोडेपछि स्तब्ध भएको भाजपा बिहार इकाइले उनलाई राज्यका जनतालाई धोका दिएको आरोप लगाएको छ । पटनामा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिहार भाजपा प्रमुख सञ्जय जैसवालले बिहारका जनताले नितिशकुमारलाई कहिल्यै क्षमा नदिने बताए ।
‘हामीले सन् २०२० को चुनाव एनडीएअन्तर्गत मिलेर लडेका थियौं । जनादेश जेडीयू र भाजपाका लागि थियो । हामीले धेरै सीट जित्यौं । यद्यपि, नितिश कुमारलाई मुख्यमन्त्री बनाइएको थियो । मंगलबार जे भयो त्यो बिहारका जनता र भाजपामाथि विश्वासघात हो’, नितिशतर्फ संकेत गर्दै जयसवालले भने ।
नितिशकुमारले मंगलबार बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राजीनामा दिनुअघि नितिशले बिहारमा भाजपासँगको गठबन्धन तोडेको घोषणा गरेका थिए ।
आफ्नो पार्टीलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाउँदै नितिश भाजपा सँगको गठबन्धनबाट टाढिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी