बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लाल सिंह चड्डामा फरेस्ट गम्पको एडल्ट सीनलाई के गरियो ? आमिर खानले दिए जवाफ

बुधबार, २५ साउन २०७९, १४ : २०
बुधबार, २५ साउन २०७९

पछिल्ला केही महिनादेखि बलिउडका धेरै फिल्म रिलिज भए पनि कमै चलेका छन् । तर अभिनेता आमिर खानले यसलाई सही मान्दैनन् । मुम्बईमा पत्रकार सम्मेलन गर्दै आमिरले भने, ‘अहिले फिल्म चल्दैन भन्ने होइन । गंगुबाई, भूल भुलैया २, कश्मीर फाइल्स, पुष्पा, आरआरआर, यी सबै फिल्म चलेका छन् ।’

आमिर खानका अनुसार यी फिल्मले पनि १०० करोडभन्दा माथिको व्यापार गरेको छ । उनी ओटीटीका कारण पनि चल्नुपर्ने फिल्महरु नचलिरहेको बताएका छन् ।   आमिर भन्छन्, ‘मानिसहरूलाई लाग्छ कि केही समय कुरेँ भने त घरमा नै हेर्ने पाइहाल्छु नि ।’

उनका अनुसार जुन फिल्मको चर्चा हुन्छ त्यो हेर्न दर्शक थिएटरमा पक्कै पनि जाने उनी बताउँछन् । यसैका लागि उनले आफ्नो फिल्मका लागि भिन्न रणनीति पनि बनाएको बताएका छन् ।

उनी भन्छन्, ‘म आफ्नो फिल्म ६ महिना अगाडि ओटीटीमा ल्याउँदिनँ । मैले थिएटरका लागि फिल्म बनाएको छु । म चाहन्छु कि मानिसहरू थिएटरमा गएर फिल्म हेरून् । जब मैले ओटीटीका लागि केही बनाउनु पर्यो भने वा मौका पाएँ भने म पक्कै पनि गर्नेछु । ओटीटीमा किस्तामा काम गर्न मज्जा आउँछ । तर म एउटा फिल्म बनाइरहेको छु भने म यसलाई सिनेमाको लागि बनाउन चाहन्छु ।’

सबैभन्दा ठूलो चिन्ता, मानिसहरू थिएटरसम्म आउन्

पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा ‘बाइकट लाल सिंह चड्ढा’ ट्रेन्डिङ भइरहेको छ, जसका कारण आमिर पनि अलि अप्ठ्यारोमा परेका छन् ।

उनी भन्छन्, ‘मलाई एउटै चिन्ता छ कि हामीले यति धेरै मिहिनेत गरेर फिल्म बनाएका छौँ र अब फिल्म हेर्न हलमा दर्शक आउने अपेक्षा गरेका छौँ ।’

५७ वर्षको उमेरमा १८ वर्षीय युवाको भूमिका निर्वाह गर्ने चुनौती

विगत ३० वर्षदेखि विभिन्न भूमिका निर्वाह गरेका आमिर खान लाल सिंह चड्ढा आफ्नो जीवनको सबैभन्दा कठिन चरित्र भएको विश्वास गर्छन् ।

उनले भने, ‘यो हलिउड फिल्म फरेस्ट गम्पको अफिसियल रिमेक हो । यसलाई बनाउन हामीलाई सबैभन्दा ठूलो समस्या भनेको कथा नै हो जसका लागि हामीले धेरै ठाउँमा छायांकन गरेका थियौं । फिल्ममा मेरो जुन दौडने सीन छ, त्यो सुट गर्नका लागि मलाई दुई महिना लाग्यो । पूरा फिल्म हामीले घुम्दा घुम्दै सकायौँ । यो फिल्मको कुनै पनि हिस्सा एकै स्थानमा सुट भएका छैनन् ।’

उनी थप्छन्, ‘दोस्रो संघर्ष थियो मेरो उमेर । म आज ५७ वर्षको भएँ तर मैले देखाएको क्यारेक्टर कहिले १८ वर्षको, कहिले २२ वर्षको, कहिले ३०, कहिले ४० र कहिले ५० वर्षको छ । सबै उमेर देखाइएको छ । म अब १८ वर्षको जस्तो देखिन्नँ तर प्रविधिका कारण थोरै सम्भव भने हुन सकेको छ ।’

फिल्मबाट सबै एडल्ट सीन हटाउनुको कारण

के लाल सिंह चड्डा हलिउड फिल्म फरेस्ट गम्पको हुबहु कहानी हो ?

यसबारे आमिर खान भन्छन्, ‘होइन यो पूर्ण हुबहु होइन, हामीले यसलाई भारतीय संस्कृति अनुसार बनाएका छौँ ।  मूल फिल्ममा एडल्ट सीन थिए  थिए जुन हामीले हाम्रो फिल्ममा राखेका छैनौं र यसको कारण यो हो कि मेरो निर्देशक र मलाई यो फिल्म परिवारलाई देखाउन निकै नै जरुरी छ । हामी आजका युवा पीढि र बालबालिकाले यो हेरुन् भन्ने चाहन्छौँ । यी सबै कुरालाई ध्यानमा राखेर हामीले फिल्मका सबै एडल्ट सीन हटाइदिएका छौँ र यो हाम्रो कहानीको ठूलो परिवर्तन हो ।’

छोरा जुनैदले गर्नुपर्ने थियो फिल्म

आमिर खानका छोरा जुनैद लाल सिंह चढ्डामार्फत् बलिउडमा प्रवेश गर्ने तयारीम थिए तर यस्तो हुन सकेन ।

यसबारे आमिर भन्छन्, ‘मेरो छोरा जुनैद थिएटर पढ्न अमेरिका गएको थियो र दुई वर्षको कोर्स गरेपछि उनी भारत आएपछि मात्रै यो फिल्मको तयारी गरिरहेको थिएँ ।’

‘मैले मेरा निर्देशकलाई जुनैदलाई लालको चरित्रमा केही दृश्य शूट गर्न गरेर देखाउन भनेको थिएँ । जुनैदले आखिर के सिकेर आएको छ भनेर हामी जान्न पनि चाहन्थ्यौँ । उनको प्रस्तुतीले हाम्रो मन छोयो तर जुनैद बलिउडमा फिल्म ‘महाराजा’ बाट डेब्यू गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप