बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एसिया कप क्वालिफायर ओमानमा हुने

बुधबार, २५ साउन २०७९, १३ : ५९
बुधबार, २५ साउन २०७९

एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरु ओमानमा आयोजना हुने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रतियोगिता ओमानमा आयोजना हुने जनाएको छ ।

छनोट प्रतियोगिता २० अगस्टबाट २४ अगस्टसम्म चल्नेछ । प्रतियोगितामा सिंगापुर, युएई, हङकङ र कुवेत सहभागी हुनेछन् । सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछ ।

एसिया कप अगस्ट २७ बाट यूएईमा सुरु हुदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप