बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रशासकीय अधिकृत ठाकुरको हृदयघातबाट निधन

बुधबार, २५ साउन २०७९, १३ : ५५
बुधबार, २५ साउन २०७९

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत प्रशासकीय अधिकृत बालवीर ठाकुरको गएराति हृदयघातबाट निधन भएको छ । महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय अधिकृत ठाकुरको हृदयघातका कारण निधन भएको धनुषा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

गएराति घरमा सुतेकै अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रजिअ पौडेलले बताए । गत २०७८ मङ्सिर महिनादेखि ठाकुर जिल्ला प्रशासन कार्यालयमा कार्यरत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप