शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किरण रावको फिल्ममा आमिर खान रिजेक्ट

बुधबार, २५ साउन २०७९, १३ : ४०
बुधबार, २५ साउन २०७९

पूर्वपत्नी किरण रावसँग डिभोर्स भएपछि पनि आमिर र किरण सँगै काम गर्दै आएका छन् । धोबीघाट जस्ता चलचित्र निर्देशन गरेका किरणले छिट्टै ‘मिसिङ लेडीज’ नामक चलचित्र निर्देशन गर्दैछिन् ।

के यो फिल्ममा पनि अन्य फिल्मजस्तै आमिर खानलाई देख्न सकिन्छ त ?

आमिर खानले यस पटक किरण रावले आफूलाई ‘रिजेक्ट’ गरेको बताएका छन् ।

उनले भने, ‘स्क्रिन टेस्टमा किरणले मलाई रिजेक्ट गरिन् । उनले कुनै सम्झौता गरिनन् । अहिले एक अभिनेताको रूपमा मलाई यो नराम्रो लाग्छ तर यो हाम्रो जीवनको एक हिस्सा हो । तर, किरणले यो भूमिकाका लागि कसैलाई नभेटेको खण्डमा मलाई नै लिने सान्त्वना दिएकी छिन् । मलाई ब्याकअपमा राखिएको थियो ।’

आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ अगस्ट ११ मा रिलिज हुँदैछ ।

करीना कपूर खानका साथै दक्षिण भारतीय फिल्मका सुपरस्टार नागा चैतन्य टम ह्याक्सको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेकमा देखिनेछन् ।

फिल्मलाई आमिरको फिल्म ‘सिक्रेट सुपरस्टार’का निर्देशक अद्वैत चन्दनले निर्देशन गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप