सामाजिक सञ्जालमा बहकिएको समाज

person explore access_timeसाउन २५, २०७९ chat_bubble_outline0

समग्र अर्थराजनीतिक परिवेशअनुरुप उत्पादक शक्ति र सम्वन्धको विकास भएन भने त्यो पतन अवश्यंभावी हुन्छ । यसले माग सापेक्ष विकसित हुँदै गयो भने  गुणात्मक रुपान्तरण सहितको नयाँ जीवन प्राप्त गर्दछ, यथास्थितिमै रह्यो भने विनाशको अवस्थामा पुग्दछ । यो विकास र विनाशको द्वन्द्वात्मक नियम हो । सबै वस्तुजगतमा यही सार्वभौमिकता लागु हुने गर्दछ ।


आज विज्ञान र प्रविधिको अभूतपूर्व विकास भएको छ । समयसापेक्ष जसले यसलाई सही उपयोग गर्दछ, उ अघि बढ्नेछ । अनि जसले यसको उपयोग गर्न जान्दैन, उ सामाजिक उत्पादन सम्वन्धको प्रक्रियाबाट अलग हुनेछ, जुन पतन वा औचित्यहिनताको अवस्था हो । 



विगत इतिहासमा महिनौं हिँडेर खवर आदान–प्रदान गर्ने समाज आज एकाएक विद्युतीय तरङ्गमार्पmत् क्षण भरमै विश्व व्रह्माण्ड वुभ्mन र देख्न सकिने भएको छ । हिजो अग्लो डिल वा छानादेखि जनाउ दिनुपर्ने मानव समाज आज विद्युतीय सञ्जालको माध्यमबाट निमेशमै हरेकको कान–कान, आँखा–आँखा, मन–मन र तन–तनमा भिज्न सफल भएको छ । 



अर्थात् विद्युतीय सञ्जाल सिंगो अर्थराजनीतिक तथा सामाजिक जीवनको अभिन्न अंग बनिरहेको छ । यो मानवीय क्रियाकलाप अभिव्यक्त गर्ने महत्वपूर्ण आयाम भइरहेको छ । सम्पूर्ण सामाजिक अन्तरक्रिया र गतिविधि अपडेट गर्ने द्रुतमाध्यम बनिरहेको छ । यहाँसम्म कि सामाजिक सञ्जाल आजसम्मको खोज–अनुसन्धानको उपलव्धि र सार वनेर खडा भएको छ ।

वस्तुतः सामाजिक सञ्जाल आज विश्व मानव समाजकै जीवन पद्धति वा शैली बनिसकेको छ । यो सुखद र गौरवपूर्ण विषय हो । यसबाट सिंगो विश्व जगतसँगै नेपाली समाजले पनि फाइदा लिइरहेको छ, जुन सर्वाधिक खुशीको कुरा हो । तर सार्वभौमतः कुनै पनि सत्ता वा वस्तुको जति सुव्यवस्थित र उचित रुपमा उपयोग गरिन्छ, त्यति नै वढी उत्पादनमुखी र परिणाममुखी हुने गर्दछ । जति यसलाई जथाभावी दुरुपयोग गरिन्छ, त्यति नै वढी अनुत्पादक र परिणामशुन्य हुन पुग्दछ । यो वस्तु वा सत्तासम्वन्धि दुरुपयोग र सदुपयोगको द्वन्द्वात्मक सच्चाई हो । वस्तुसंगत सत्यता र यथार्थताको कडी नै यही हो । 

मूलतः विद्युतीय तरङ्गद्वारा निर्देशित सामाजिक सञ्जालले सामान्य सूचना सञ्चारको मात्र काम गरेको छैन । यसले समय र मागसापेक्ष कामको विभिन्न शाखालाई सहज, सरल, छिटो, गुणात्मक र उत्पादनमुखी वनाउन अहम् भूमिका खेलिरहेको जगजाहेरै छ । अवको समुदाय, समाज र मुलुकको सफलता र असफलता नै यसैको वस्तुवादी सदुपयोग र दुरुपयोगमा निर्भर देखिन्छ । 

अवको विश्वमा जसले विद्युतीय तरङ्गलाई सही उत्पादनमा लगाउँछ, उसैले विश्वको नेतृत्व गर्ने प्रवल संभावना रहेको छ । अर्थात् यसको सही उपयोगमा सारा संभावनाको ढोका खुल्नेछ, अनि अप्ठ्यारा समाधन हुनेछ भने दुरुपयोग गरियो भने जताततै अराजकता वढ्नेछ अनि विवेक गुम्नेछ । साथै सहज पनि एकाएक जटिल हुनेछ । यो धेरै गम्भीर सवाल हुन्, जसलाई नजरअन्दाज गर्नु घातक सिद्ध हुनेछ । 

आज विकसित र शक्तिशाली मुलुकहरु विज्ञान र प्रविधिको क्षेत्रमा उचाई चुम्न सफल भएका छन् । उनीहरु यसलाई कसरी अधिकतम् उपयोग गरेर संसारमा नेतृत्व स्थापित गर्ने भन्ने व्यापक होडवाजीमा छन् । विद्युतीय तरङ्गको सरल उपयोगसम्म हामीले जस्तै सवैले गर्लान् । तर अव यसको सरल प्रविधिजन्य उपयोग मात्र पर्याप्त हुने देखिदैन । यसको उत्पादनमुलक वहुआयामिक, रणनैतिक उपयोग वा परिचालन निर्णायक हुने निश्चित छ ।  
अर्थात् वहुआयामिक र रचनात्मक रुपमा जसले यसलाई परिचालन गर्दछ, उही मात्र विश्व मानव समाजको नेतृत्व वा अभिभावक वन्न सक्षम वा सफल हुने देखिन्छ । यो कुनै ख्याल ठट्टा, आत्मरति र ईमोशनल कुरा हुँदै होइन । अवको वस्तुगत सत्य र धरातलीय यथार्थ हो यो । विश्वको स्वार्थगत जोडकोण वा सार यता खिचिएको सजिलै वुभ्mन सकिन्छ ।

वस्तुतः सामाजिक सञ्जालजन्य सूचनाले सही, सत्यपरक र समाजोपयोगी सामग्री सञ्चार गर्नुपर्दछ । यसले वेथितिको ठाउँमा थिति, उग्र वा अतिको ठाउँमा सन्तुलन, अपराधको ठाउँमा निरापराध, भ्रष्टाचारको ठाउँमा पारदर्शिता, केटाकेटीपनको ठाउँमा परिपक्वता, विद्रोहीको ठाउँमा अभिभावक अनि कुशासनको ठाउँमा सुशासन स्थापित गर्न कोशेढुंगा वन्नु पर्दछ । तर विडम्वना नै भन्नु पर्ला, विज्ञान र प्रविधि विकासमा असाध्यै पछाडि रहेको नेपालमा सामाजिक सञ्जालको अत्याधिक गलत प्रयोग भइरहेको छ । 

एकातिरबाट मापन गर्दा नयाँ प्रविधिमा प्रयोगकर्ता बढ्नु सुखद पक्ष हो । तर पछिल्लो समय यसको अति–उपयोग हुन थालेको छ । राम्रै सोंच राखेर गरिएपनि अति–उपयोगले अन्ततः परिणाममा दुरुपयोग नै दिने गर्दछ । दुरुपयोग हुनु भनेको अनुत्पादक र परिणामहीन हुनु हो । यसले सामन्यतयः नोक्सान मात्रै पुर्याउँदछ । यो कसैको हितमा हुँदैन । अर्थात् एक वाक्यमा भन्नुपर्दा नेपालमा सामाजिक सञ्जालको अत्याधिक दुरुपयोग बढिरहेको छ ।
     आज सामाजिक सञ्जालको प्रयोगसँगै मानवीय जीवन सहज र छिटो भएकोमा दुइमत छैन । यसले हाम्रो औसत जीवनशैलीमा अकल्पनीय रुपमा नयाँ धरातल सिर्जना गरेको छ । यो यसको सुखद र सकारात्मक पक्ष हो । तर पछिल्लो समय यो सही र समाजोपयोगी विषय संप्रेशण गर्ने भन्दा पनि गलत र उत्तेजित विषयवस्तु ओसार–पसार गर्ने मुल सडक वनिरहेको अनुभूति हुन्छ ।

कसैको समर्थन र सहयोग गर्ने नाममा पनि अत्याधिक समर्थन, अतिप्रचारवाजी, अतिहल्ला–खल्ला, अतिगुणगान र अतिदेवत्वकरणमा रमाइरहेको देखिन्छ । उता विरोध गर्ने नाममा पनि अतिविरोध, अतिनिषेध, अतिराक्षसीकरण, अतिदुश्मनी र अतिप्रतिशोधी वनिरहेको स्पष्टै छ । 

निरपेक्ष र आग्रहपूर्ण समर्थन र विरोधको परिपाटी झाँगिएको छ, जुन कालान्तरसम्म वस्तुवादी र वैज्ञानिक समर्थन तथा विरोधको रुपमा टिक्न सक्दैन । नेपाली समाजमा आलोचनात्मक समर्थन र विरोधको पद्धति छैन । आलोचनात्मक चेतको अभाव खट्किएको छ । आलोचनात्मक समर्थन र विरोधको सँस्कृति विना वस्तु, व्यक्ति वा सत्तालाई सही रुपान्तरण गर्न सकिदैन । यो साश्वत सत्य हो । तर यसमा आजसम्म कसैको ध्यान गएको देखिदैन ।

आज सामाजिक सञ्जालमा तथ्यपरक र वनावटी सवैखाले अभिनय देख्न सकिन्छ । यो वस्तुसंगत र यथार्थ धरातलमा भन्दा पनि स्वार्थ र आग्रहद्वारा निर्देशित छ । अर्थात् सामाजिक सञ्जालमा जति जति रणनैतिक वा सुनियोजित अभिनयमा आधारित माहौल सिर्जना गरिदैछ, उति नै वढी ईमोशनल र फुर्सदिलो दर्शक र श्रोताले काम पाइरहेका छन् । सञ्जालमुखी वा सञ्जालप्रेमी व्यक्ति वा समुदायले आप्mनो पोष्टलाई प्रभावकारी बनाउँदै सवैको मन जित्ने स्वार्थमा रणनैतिक सीप र चलख्याँईको सहारा लिनु अनौठो होइन । अचेत दर्शक र श्रोता लालयित हुनु नौलो होइन । तर सचेत नागरिक पनि भीडभाडमा हराउनु दुःख र लज्जाको कुरा हो । 

पछिल्लो समय सामाजिक सञ्जालको अति दुरुपयोग गर्ने सिलसिला अचाक्ली वढिरहेको छ । यहाँसम्म कि नक्कली आइडीमा पोष्ट गरेर कसैको कद वढाउने र कसैको मानमर्दन गर्ने गलत प्रवृत्ति कहालीलाग्दो देखिन्छ । त्यति मात्र होइन, मन नपरेको व्यक्ति, समुदाय, नेता र पार्टीले राम्रो वोलेको सम्पूर्ण अंश काँटछाँट गर्ने अनि सन्दर्भ र प्रसंगवश भनिएको नकरात्मक अंशलाई हाइलाइट गर्ने खतरनाक परम्परा वढिरहेको छ । 

अर्कोतिर मन परेको व्यक्ति, समुदाय, नेता र पार्टीले नराम्रो वोलेको सवै हटाएर सन्दर्भमा भनिएको थोरै राम्रोलाई युट्युव, फेसवुक लाइभ र टिकटक वनाएर भाइरल वनाउने अपराधिक मनोप्रवृत्ति डरलाग्दो गरी झाँगिएको छ । यस्तो चोटिलो, तिखो व्यङ्यवाणले समर्थक र विरोधीलाई स्वाद र त आनन्द आउला । तर खुच्चिङको अवस्था पनि होला । 

साथै, विरोधीले प्रतिवाद गर्दै प्रतिशोध र वदलाभाव राख्ला । तर हाम्रो समाजमा सही सँस्कृति र सही बाटो संस्थागत हुँदैन । यसले सामाजिक सद्भाव, सन्तुलन र सहिष्णु जीवन–व्यवहारको औसत मनोविज्ञानलाई एकाएक भड्किलो र इमोशनल व्यापारसम्म पु¥याइ दिनेछ । अन्तरविरोध, दुस्मनी र मनमुटावसँगै अशान्ति र अस्तव्यस्तताको पारो बढाइ दिनेछ ।

हिजोआज सामाजिक सञ्जालमा जथाभावी भड्किलो भिडियो र भनाई पोष्ट गर्ने क्रम फेसनकै रुपमा मौलाइरहेको छ । अधिकांशमा यस्तो गलत बानी बसिसकेको छ । यो सामाजिक सञ्जालको अपव्याख्या र चरम दुरुपयोग हो । यस्तो रवैयाले हामी माझ सापेक्षित सन्तुलनमा रहेको वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय सद्भाव खल्बलिने खतरा उत्तिकै रहन्छ । 

रणनैतिक योजनामा वारम्वार पोष्ट गरिएको सूचनाले अन्ततः दर्शक र पाठकमा सही र गलत बीचमा भ्रम पार्नेछ । यसले उनीहरुमा सही र गलत छुट्याउने क्षमता ह्रास हुँदै जानेछ । किनभने हाम्रो समाज विचार राजनीतिले भन्दा पनि उपभोगवादी र आडम्बरी भावनाद्वारा निर्देशित रहेको छ । यस्तो वस्तुगत चरित्र भएको समाजमा जनता भड्काउनु ठूलो मुद्धा चाहिँदैन । सा–साना प्राविधिक र इमोशनल विषय नै विवाद वा तात्कालीन कारणको लागि पर्याप्त हुन्छ । यो निकै संवेदनशील विषय हो । 

त्यसैले गलत नियतमा सामाजिक सञ्जाल रङ्गाउनेहरुलाई निरुत्साहित गरौं । बुझेरबाहेक बहकिएर लाइक र कमेन्ट नगरौं । सरकारले पनि ठोस ऐन कानुन बनाएर यस्ता गलत माफियालाई ठाउँको ठाउँ कारवाही गर्ने पद्धतिको संस्थागत विकास गरौं । यसले दुरुपयोगकर्तालाई गम्भीर अपराध गरेछौं भन्ने वोध गराउनेछ । तब मात्रै गलत प्रवृत्ति निस्तेज हुँदै जानेछ । 

होइन भने रणनैतिक वा सुनियोजित स्वार्थगत वा योजनागत उद्देश्यमा प्रायोजित गरिएको उत्तेजित र भड्किलो भिडियो र भनाइको रुपवादी माहौलमा तपाईं हामी सवै सचेत वा अचेत नागरिक पनि उत्पादनको सारा काम माया मारेर लाइक र कमेन्ट मार्फत समर्थन र विरोधको दोहोरी खेलमा भिड्नुपर्ने हुन्छ, जुन विडम्वना हो । सवै भेडे शैलीमा अन्धा–समर्थन र अन्धा–विरोधमा बहकिनुपर्ने हुन्छ । तपाईं हाम्रो भावनामा छचल्किएर अभिव्यक्त भएको निर्दोष लाइक र कमेन्टले सक्कलीलाई नक्कली अनि नक्कलीलाई सक्कली, सहीलाई गलत अनि गलतलाई सही अनि अपराधीलाई सज्जन र सज्जनलाई अपराधी सावित गरिदिनेछ । यो भनेको शारीरिक, मानसिक वा प्राज्ञिक श्रमशक्ति र समयको वर्वादी मात्रै हो । नकरात्मक सोंच–चिन्तनमा सिर्जनशील दिलदिमागलाई अल्मल्याउनु हो । 

त्यसैले, नेपाली समाजमा सामाजिक सञ्जालको अपव्याख्या र दुरुपयोग बढ्दो छ । यसलाई सभ्य, सिर्जनशील, विवेकशील र उत्पादनमुलक बनाउने पहिलो जिम्मेवारी हाम्रै हो । यसलाई नियमन गर्ने नियामक निकाय सरकारको हो । नीतिगत र सामाजिक लक्ष्मणरेखा नाघेमा कारवाही गर्ने काम सरकारकै हो ।  हामी पनि सत्य–तथ्य बुझेर मात्र लाइक कमेन्ट गरौं । इमोसनमा मनपर्नेलाई अतिदेवत्वकरण, अतिसमर्थन र अतिभक्ति नगरौं । मन नपर्नेलाई अतिराक्षसीकरण, अतिविरोध र अतिदुश्मनी पनि नगरौं । विरोधीको पनि राम्रो कामको सराहना गरौं । आफ्नै गरेको नराम्रो कामको विरोध गर्ने हिम्मत गरौं । राम्रोलाई राम्रो र गलतलाई गलत भनौं । 

 प्रायोजित रुपमा पोष्ट गरिएका सामग्रीमाथि भावनामा छचल्किएर तल्लो स्तरको गाली–गलौज नगरौं । सामाजिक सद्भाव भड्किने सामग्री पोष्ट नगरौं । पोष्ट, लाइक र कमेन्ट गर्नै परे सभ्य, सिर्जनशील, विवेकशील विरोध, सल्लाह, सुझाव र रचनात्मक प्रतिक्रिया दिऔं । राजनैतिक शिष्ट र सभ्य भाषामा वहस–पैरवी गरौं । हामीले सही संस्कार सिकायौँ भने मात्र भावी समाज र पुस्ता पनि संस्कार हुनेछ । अन्यथा सामाजिक थिति बिग्रिनेछ । अनि अराजकता र विवेक शुन्यता बढ्नेछ । यसमा सवै सचेत बन्न जरुरी छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।