बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सभामुख–उपसभामुखसहित महाभियोग सिफारिस समितिको बैठक

बुधबार, २५ साउन २०७९, १२ : ५३
बुधबार, २५ साउन २०७९

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि छानविनका लागि बनेको महाभियोग सिफारिस समितिको बैठक बसेको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्नि सापकोटाको पहलमा उपसभामुख पुष्पा भुसालसहित समितिका सदस्यहरुको बैठक बसेको हो । प्रतिनिधिसभाको बैठकअघि सभामुख र समिति सदस्यहरूबीच छलफल भएको हो । 

समिति कसरी अगाडि बढ्ने विषयमा छलफल भएको र आजको बैठकबाट समितिको सभापति तोक्ने एजेण्डा नरहेको सिफारिस समितिका सदस्य रहेका सांसद कृष्णभक्त पोखरेलले रातोपाटीलाई जानकारी दिए । 

उनले भने– ‘सभामुखले सिफारिस समितिका सदस्यहरुसँग छलफल राख्नुभएको हो । समितिको बैठक हैन समितिका सदस्यहरुसँग सभामुख र उपसभामुखको बैठक हो । समितिलाई छिटो छरितो काम गर्न सभामुखले भन्नुभएको छ । सभामुखले समितिका लागि आवश्यक सेवा सुविधाको व्यवस्था गर्ने बताउनुभएको छ । एमालेको तर्फबाट हामीले यो महाभियोग पास गर्ने उदेश्यले ल्याइएकै हैन भनेर छलफलमा हाम्रो भनाई राखेका छौँ ।’

गत साउन २२ गते बसेको प्रतिनिधिसभाको बैठकले महाभियोग प्रस्ताव अनुमोदन गरेर छानविनका लागि सिफारिस समितिमा पठाएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर विरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप