शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा १४ वर्षीया बालिका बलात्कृत

बुधबार, २५ साउन २०७९, १२ : ४२
बुधबार, २५ साउन २०७९

झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिक पक्राउ गरेको छ । 

झापा अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित ताप्लेजुङ–पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कार गरेपछि दिपेशले ती बालिकालाई विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।    

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप